काठमाण्डू, २० फागुन– सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
बुधबार मध्यान्ह बा.४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज.१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो । काठमाण्डूबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।