टिकटकर रतन कार्कीलाई प्रहरीले गर्यो सोधपुछ

काठमाण्डु टुडे २०८२ फागुन २० गते १६:४६ मा प्रकाशित

काठमाण्डू, २० फागुन– मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ ।

टिकटकर कार्कीलाई सोधपुछ गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन ।

उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो । टिकटकर कार्कीले विभिन्न उम्मेदवारका तस्वीर मौन अवधिमा पनि सार्वजनिक गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us