नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार–बिहीबार रद्द

काठमाण्डु टुडे २०८२ फागुन २० गते १४:२२ मा प्रकाशित

काठमाण्डू, २० फागुन– नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरीएको बारे जानकारी गराएको हो ।

दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।

साथै वेबसाइटबाट समेत सूचना जारी हुने नेवानिको भनाइ छ । खाडीमा युद्ध चर्किएसँगै नेवानिबाहेक अन्य कम्पनीको उडान समेत निरन्तर प्रभावित बनिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us