काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि मतदान स्थल र मतदान केन्द्र तयार गर्ने काम भइरहेको छ । सबै मतदान स्थलरकेन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मचारी पुगिसकेका छन् ।
अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।
७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको बताइएको छ ।