काठमाण्डू, २० फागुन– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।