काठमाण्डू, २० फागुन– प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा–२ बाट उम्मेदवार मनोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।
नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिएका छन ।
गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।