घृणाको भाषा बोल्नेहरूकै सामाजिक सञ्जालमा हल्ला हुन्छ, अस्वभाविक होइनः सभापति थापा

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पक्षमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गरेका छन ।

आज (आइतबर) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । सभापति थापाले भने, ‘कोलाहाल छ बाहिर, ठूलो हल्ला छ । सामाजिक सञ्जालमा हल्ला छ । तयो सञ्जालको हल्लालाई म अस्वभाविक मान्दिन, ‘संसारभरी सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ ?

जसले घृणाको भाषा बोल्छ । म यहाँ अहिले उभिएर कसैलाई एक मिनेट गाली गरेँ भनेँ बेलुका म भाइरल हुन्छ ।’ आफूले मिलाउने कुरा गरिरहेको भन्दै यस्तो भाषा कसैलाई पनि मन नपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘आज मैले यहाँ बोलिरहेको भाषा मिडियाका साथीहरूलाई पनि मन पर्दैन । किनकी म सफ्ट बोलिरहेको छु, मिलाउने कुरा गरिरहेको छु ।

यो बिक्दैन, ‘तर देश बिकाउने कुराले मात्रै चल्दैन । देश यस्तै नबिक्ने कुराले चल्छ ।’ पार्टीका कार्यकर्ताहरूले थप मिहेनत गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us