काठमाण्डू, १७ फागुन– कांग्रेस सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने तर्क गरेका छन ।
आज (आइतबार) काठमाण्डूको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।
उनले सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै सक्ने पनि बताएका छन । सभापति थापाले भने, ‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन ।
मुलुक चलाउन एक्लै सकिँदैन । टिम चाहिन्छ, संसारभर कोलाहल र हल्ला मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन् ।
घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ ।’ उनले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो । ‘मैले साथीहरूलाई भनेको थिए, फेरि पनि भन्छु, चुनाव प्रचार प्रसारका क्रममा उत्तेजनाको भाषा प्रयोग नगरौँ, घोचपेच नगरौँ, ‘प्रचारप्रसारका क्रममा आफ्ना एजेन्डा प्रस्तुत गर्ने हो, सिद्धान्त प्रस्तुत गर्ने हो ।
योजना प्रस्तुत गर्ने हो । हामीले निर्वाचनमा प्रतिज्ञापत्र ल्याएका छौँ । त्यसैलाई बुझाउने प्रयास गर्नुस् ।’