रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ ।

कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन । राप्रपाले कार्भिका थापालाई टिकट दिएको थियो ।

थापाले अमेरकिाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन । राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने आफूहरूलाई क्षेत्रीय अध्यषको नामबाट जारी भएको विज्ञप्ति मान्य नभएको बताए ।

केही व्यक्तिहरूले पैसाको लोभमा परेर यस्तो भ्रम फैलाएको हुनसक्छ, त्यसका कुनै सत्यता छैन,’ राणाले भने । यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट विश्वदीप पाण्डे लगायत ३९ जनाले उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us