राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोडमा आगामी निर्वाचनः केपी ओली

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताएका बताएका छन ।

एमाले अध्यक्ष ओलीले निर्वाचित सरकार अपदस्त गर्ने प्रयासहरू भएको उल्लेख गर्दै अहिले फेरि प्रतिनिधि सभाको चुनाव हुन लागेको सन्दर्भमा मतदाताले ‘बनाउने कि भत्काउने’ बाटो रोज्नुपर्ने अवस्था आएको दाबी समेत गरेका छन ।

आज (आइतबार) एक भिडियो सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले मतदातालाई देशको अखण्डता, राष्ट्रिय स्वाभिमान र संविधानको संरक्षणलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै आफूले राष्ट्रहितका विषयमा कहिल्यै सम्झौता नगरेको समेत बताएका छन ।

ओलीले भने, ‘तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’

यस्तै अध्यक्ष ओलीले भ्रम फैलाउने प्रयासहरू भइरहेको उल्लेख गर्दै आफ्ना कमजोरीबारे प्रश्न उठ्न सक्ने भए पनि देशको हितमा स्पष्ट निर्णय गर्नुपर्ने समय आएको बताए ।

उनले मतदातालाई ‘देश पहिले’ भन्ने भावनासहित स्पष्ट निर्णय गर्न आह्वान गर्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र संविधानको रक्षा गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us