काठमाण्डू, १६ फागुन– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ । आज (शनिबार) रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा सहभागी भइ फर्कने क्रममा ना ५ ख १२३१ नम्बरको गाडी सुनिल स्मृति गाउँपालिका–३ मिझिङ उपल्लो थर, धन्डी पोखरा क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
बस ब्रेकफेल भइ अनियन्त्रित हुँदा भित्तामा ठोकिँन गइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन ।
‘घाइतेको अवस्था बुझ्न म अहिले हस्पिटलमा पुग्दै छु,’ उनले भने । घाइते सबैलाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।