काठमाण्डू, १६ फागुन– वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले आसन्न निर्वाचनमा झापा ५ मा केवल एक व्यक्तिको नभई देशको पक्ष र विपक्षबिच लडाइँ भएको दाबी गरेका छन ।
सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै त्रिपाठीले एमाले अध्यक्ष केपी शर्मा ओलीका केही व्यक्तिगत कमजोरी भए पनि राष्ट्रियता र देशको सार्वभौमिकताको पक्षमा उनले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन ।
उनले प्रश्न व्यक्तिको जित–हारको नभई सत्ताको साँचो देशको पक्षमा राख्ने कि परायाका चौकीदारलाई सुम्पिने भन्ने रहेको समेत बताएका छन । त्रिपाठीले झापामा ओलीविरुद्ध खडा भएका उम्मेदवार बालेन शाहप्रति नाम नलिइकनै कडा टिप्पणी गरेका छन् ।
उनले ‘सिंहदरबार जलाएको ’ र कुनै उज्यालो पृष्ठभूमि नभएका ुरुखो कलाकारुलाई ओली जस्ता विकासप्रेमी नेतासँग प्रतिस्पर्धामा उतार्नु रहस्यमय रहेको बताएका छन्। उनले यसलाई ुअदृश्य शक्तिुको खेल हुनसक्ने संकेत गर्दै झापाका जनताले ओलीलाई नै जिताउने विश्वास व्यक्त गरेका छन्।