मलाई अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा देखाइदिनोस्ः रवि

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन अनुरोध गरेका छन ।

आज (शुक्रबार) चितवनमा भएको चुनावी सभामा सम्बोधन गर्दै रविले अन्तिम इच्छा देखाइदिने तर्क गरेका हुन । रास्वपा सभापति लामिछानेले भने, ‘म विरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुपमा सोधेको मैले जवाफ दिएको थिइनँ । मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला ।

यो मागी खाने देश होइन । यो गरिखाने देश हो । हामी सुशासनको मानक बनाउन चाहन्छौँ’, उनले भने । कार्यक्रममा रविले यो पटक भोट नबदल्न आम मतदाता समक्षा आग्रह गरे । प्रतिपक्ष विहीन बनाएर रास्वपालाई भोट दिन आग्रह समेत गरे । उनले भने, ‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन ।

यता पनि रास्वपा । उतापनि रास्वपा । यो पूर्वाग्रह राखेर भनेको होइन । उहाँहरूले इतिहासमा देखाएका योगदानको कदर स्वरूप पाँच वर्ष सडकको प्रतिपक्षमा राख्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us