तालमेल होला भनेर रन्जितलाई तनाव भएको रहेछ, हामी आफ्नै खुट्टामा उभिने होः प्रचण्ड

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने बताएका छन ।

आज (बिहिबार) नेकपाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खुट्टामा उभिने पनि बताएका छन । खासगरी झापा–५ का उम्मेदवार रन्जित तामाङलाई तालमेल हुन लागेको हो कि भन्ने कुराले तनाव भएको र अब त्यस्तो तनाव लिन नपर्ने प्रचण्डले बताएका छन ।

प्रचण्डले भने, ‘आज बिहानमात्रै झापा–५ का हाम्रो पार्टीका उम्मेदवार रन्जितसँग फोनमा कुराकानी पनि भएको थियो । भ्रम केही नपाल्नुस्, कुनै सहमति भएको छैन । कुराकानी पनि भएको छैन ।

यो बाहिर जे मिडियामा कुराकानी आएको छ, यो गलत हो, भ्रामक हो, तपाईं अघि बढ्नुस् भनेर भनिसकेको छु ।’ दाङ–२ मा पनि त्यसबारे कुनै भ्रम नराख्न उनले भनेका छन् ।

‘निर्मल आचार्य त धेरै पीडित भएको महसुस गरेको होइन । रन्जित तामाङ भने के हुन्छ कि के हुन्छ भनेर तनावमा भएको देखिन्छ । आजदेखि त्यो तनाव मुक्त हुने देखिन्छ । हुँदैन केही । आफ्नै खुट्टामा उभिने हो, म त्यो कुरा क्लिएर गर्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us