काठमाण्डू, १३ फागुन– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रकको ठक्करबाट मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेको प्रहरीले जानकारी दिएको छ ।
नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पठाइको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ग२ख ८९८ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–१३ प्रतीमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको हो ।
ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय अनिल साहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।