काठमाण्डू, १३ फागुन– सरकारले आगामि २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन ।
‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने ।
साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले जानकारी दिएका छन ।