‘पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट दिँदा चाहिँ पाप लाग्छ’: रवि

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १३:५९ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन अनुरोध गरेका छन । आज (बुधबार) सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन ।

उनले चुनावको बेलामा कसैले पैसा दिन्छ भने लिँदा केही नहुने तर गलत मान्छेलाई भोट हाल्दा भने पाप लाग्ने पनि बताएका छन । सभापति लामिछानेले भने, ‘पैसामा आफ्नो भविष्य नबेच्नु होला । कसैले दिएछ भने लिए हुन्छ, किनकि हाम्रो चोरेको पैसा हो ।

आफ्नै पैसा चोरेर हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’ लामिछानेले समाजलाई जात र धर्मका नाममा विभाजन गर्न खोज्नेलाई भोट नदिन आग्रह पनि गरे । उनले भने, ‘जात आफ्नो छ, धर्म आफ्नो छ, सभ्यता, संस्कृति सबै आफ्नो छ ।

राजनीति अब्बल मान्छेले चलाउने कुरा हो, ’अब धेरै दिन बाँकी छैन, अब थोरै दिन बाँकी छ, इतिहासल बदल्न। देश र मधेसले नयाँ इतिहास लेख्दै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us