गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ । उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us