काठमाण्डू, १२ फागुन– सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन ।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको समेत उनले जानकारी दिए ।
त्यस्तै बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ भने काठमाण्डू जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाण्डू जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाण्डू अध्यक्ष तोक्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए ।