फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १६:०७ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने भएको छ ।

आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us