काठमाण्डू, १२ फागुन– एमालेले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति व्यक्त गरेको छ । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले यस्तो बताएका हुन ।
उनले निर्वाचनको मिति पार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको पनि बताएका छन ।
एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ । एमालेले आसन्न निर्वाचनमा पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दाबी पनि गर्दै आएको छ । प्रचार विभागका संयोजक शाहीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने जिकिर गरे ।