रञ्जु दर्शनालाई पुत्रलाभ

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाण्डू–१ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ । काठमाण्डूको सिभिल अस्पतालमा रञ्जुले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन् ।

अहिले आमा र छोरा दुवको स्वास्थ्य सामान्य रहेको रास्वपा केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिएका छन । मंगलबार बिहानै रञ्जुले फेसबुमा भिडिओ सन्देशमार्फत आफ्नो लागि आज विशेष दिन रहेको बताएकी थिइन्। ८ महिनाको गर्भावस्थामै उनी चुनावी घरदैलोमै व्यस्त रहेकी थिइन् ।

पछिल्लो केही दिनयता भने उनको उपस्थिति बिना नै रास्वापले काठमाण्डू–१ मा चुनावी अभियान सञ्चालन गरिरहेको छ । उनीसँग काठमाण्डू–१ मा कांग्रेसबाट प्रबल थापा, एमालेबाट मोहनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारी (कृतु) र राप्रपाबाट रवीन्द्र मिश्र उम्मेदवार छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us