उदयपुर बस दुर्घटनाः १५ जना घाइते

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन ।

आज (सोमबार) दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भई मदनभण्डारी लोकमार्ग अन्तर्गत अधेरीमा सडकबाट अन्दाजी ३०–४० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका–११ की २२ वर्षीया मणिका मगर, कटारी नगरपालिका–४ की ३५ वर्षीया अनिता चौधरी, उदयपुरगढी गाउँपालिका–७ की ७३ वर्षीया सोममाया मगर, ताप्ली गाउँपालिका–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका–७ चुहाडे की २१ वर्षीया रेशिका बस्नेत, रौतामाई गाउँपालिका–७ का १७ वर्षीय तिलक बस्नेत घाइते भएका छन् ।

यसैगरी घाइते हुनेमा उदयपुरगढी गाउँपालिका टाडेका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका–४ की १९ वर्षीया पबित्रा श्रेष्ठ, त्रियुगा नगरपालिका –५ की २० वर्षीया रेश्मा बस्नेत, कटारी नगरपालिका–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियार रहेका छन् ।

यसैगरी घाइते हुनेमा कटारी नगरपालिका९३ का २७ वर्षीय नितेश बुढाथोकी (सहचालक), कटारी नगरपालिका–५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी नगरपालिका–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका–५ रुपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी नगरपालिका–४ का १५ वर्षीय सुजन तामाङ रहेका छन् ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । बस चालक उदयपुर कटारी नगरपालिका–४ का ४५ वर्षीय बिक्रम राई प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us