मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छः ओली

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने बताएका छन ।

आज (सोमबार) झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने समेत बताएका छन ।

आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने उनले बताए । ओलीले भने, ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे ।

काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’ उनले थप व्याख्या गर्दै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’

कतिपयले आफूलाई किन उम्मेदवार बन्नुभएको रु भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको पनि बताएका छन ।

उनले भने, ‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि किन उम्मेदवार हुन पर्‍यो र रु काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us