दोलखामा शिव भण्डारीसहितका नेताहरू एमालेमा समाहित

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन । नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहितका जिल्लाका प्रभावशाली नेता, कार्यकर्तासहित उनी एमालेमा पुनः एमालेमा फर्किएका हुन् ।

भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापतिसमेत भइसकेका नेता हुन् ।

आज सोमबार बिहान चरिकोटमा आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारी सहितलाई एमाले दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका संस्थापक नेताद्वय जितवीर लामा र लालकुमार केसी, केन्द्रीय सदस्यहरू रचना खड्का, श्यामकुमार बस्नेतलगायतका जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us