काठमाण्डू, ११ फागुन– हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।
आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिएका छन ।