रामेछाप बस दुर्घटनाः बेपत्ता बालकको शव भेटियो

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, ४ फागुन–रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा फेला परेको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिक– २ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

आज (सोमबार) भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन । बालकको शव भेटिएसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको यसअघि नै शव फेला परेको थियो । रामेछाप मन्थली नगरपालिका९६ बेनीघाट पुल नजिकै २७ माघमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us