काठमाण्डू, १ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई अनुरोध गरेकी छन ।
आज (शुक्रबार) पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अनुरोध गरेकी हुन ।
उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्नुभएको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन ।
प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गरेकी थिइन् ।