प्रधानमन्त्री कार्की ताप्लेजुङमा

काठमाण्डु टुडे २०८२ फागुन १ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, १ फागुन– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङमा पुगेकी छन ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत ।

शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ सामाजिक सञ्जालमा लेखेकी छिन् । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us