राप्रपाको घोषणा पत्र भोलि सार्वजनिक हुने

काठमाण्डु टुडे २०८२ फागुन १ गते १५:०७ मा प्रकाशित

काठमाण्डू, १ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ । घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ ।

शुक्रबार बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रको अन्तरवस्तुबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

राप्रपाले भ्रष्टाचारको अन्त्य, राजसंस्थाको पुनस्र्थापनासहितको एजेण्डामा केन्द्रीत रहेर घोषणापत्र तयार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us