काठमाण्डू, १ फागुन– लामो समयको झापा बसाइपछि आज (शुक्रबार) काठमाण्डू फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लागेका छन् ।
पूर्व राजा शाह विमानस्थलबाट बाहिर आइपुग्दा उनलाई समर्थकहरूले स्वागत गरेका छन् । शाहको समर्थनमा भेला भएका प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका छन् ।
शाह आउने भएपछि समर्थकहरू शुक्रबार बिहानैबाट विमानस्थलबाहिर जम्मा भएका थिए । शाह झापाबाट कैलाश हेलिकोप्टरमार्फत विमानस्थल ओर्लिएका थिए । विमानस्थलबाट उनलाई समर्थकहरूले निर्मलनिवाससम्म पुर्याउने बताएका छन् ।