धनुषा–३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

काठमाण्डु टुडे २०८२ माघ २८ गते १४:५० मा प्रकाशित

काठमाण्डू, २८ माघ– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष एवं धनुषा क्षेत्र नं–३ का उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् । उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् ।

उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us