अख्तियार प्रमुख धम्क्याउने प्रकाश पाठकलाई ल्याइयो नेपाल

काठमाण्डु टुडे २०८२ माघ २८ गते १२:४८ मा प्रकाशित

काठमाण्डू, २८ माघ– उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई फिलिपिन्सबाट प्रहरीले नेपालमा फिर्ता ल्याइएको छ ।

पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिएका छन । पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डू र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राई सहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए ।

उनले भदौ २४ गते कारागारबाट भागेका कैदीलाई सुपारी दिएर मार्ने धम्की दिएका थिए । धम्की दिएपछि अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us