जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला

काठमाण्डु टुडे २०८२ माघ २८ गते १२:४० मा प्रकाशित

काठमाण्डू, २८ माघ– जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिएका छन ।

सलले घाँटी कसेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

घटनास्थल वरपर चप्पल, झोला समेत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us