नागरिकमा आशा जगाउने तागत कांग्रेससँग छः उपसभापति शर्मा

काठमाण्डु टुडे २०८२ माघ २८ गते १२:१० मा प्रकाशित

काठमाण्डू, २८ माघ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुट्न अनुरोध गरेका छन ।

निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको पनि बताए ।

शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको पनि उनले बताएका छन । कांग्रेस उपसभापति शर्माले भने, ‘जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो, ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो ।

अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समार्थ्य कांग्रेससँग छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us