तामाकोशीमा बस खस्दा १० को मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २७ गते १५:१० मा प्रकाशित

काठमाण्डू, २७ माघ–रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रदेश ३–०१–००५ख९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाटबाट तामाकोशी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा अर्का एक जना अचेत अवस्थामा फेला परेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दुर्घटनामा ८ जना घाइते भएको जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये ५ को मन्थली अस्पताल र तीन जनाको धुलिखेल खस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा दुर्घटनास्थलमा उद्धारमा खटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us