राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

काठमाण्डु टुडे २०८२ माघ २६ गते १५:५३ मा प्रकाशित

काठमाण्डू, २६ माघ– राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले सोमबार बसेको राष्ट्रिय सभा बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री सिन्हाको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ०८२ वैशाखमा सभामा उक्त विधेयक प्रस्तुत गरेका थिए । अब यो विधेयक २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने नयाँ संसदमा प्रस्तुत हुनेछ ।

प्रतिनिधिसभाले पारित गरेर फेरि राष्ट्रिय सभामै फिर्ता पठाउँछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा परिणत हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us