जित नजिक पुगेको नेपाल इंग्ल्याण्डसँग ४ रनले स्तब्ध

काठमाण्डु टुडे २०८२ माघ २५ गते १९:१९ मा प्रकाशित

काठमाण्डू, २५ माघ– भारतको मुम्बईमा भएको आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्याण्डविरुद्धको खेलमा जित नजिक पुगेर नेपाल पराजित भएको छ ।

समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डसँग नेपाल ४ रनको झिनो अन्तरले पराजित भएको हो ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्यो ।

नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए ।
भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलको जोडीले ८२ रनको साझेदारी गरे ।

४४ रन जोडेका ऐरीले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहितले ३४ बलमा ३९ रनको योगदान गरे ।

आरिफ शेखले १० रन मात्र जोड्न सके । लोकेश बमले बमले २० बलमा दुई छक्का र ४ चौकाको मद्धतमा ३९ रन जोडे ।

२९औं ओभरमा जितका लागि १० रन चाहिएको भए पनि लोकेश बमले तीन र करण केसीले एक रन मात्र लिए ।
बलिङमा इंग्ल्यान्डका डाउसनले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रनको लक्ष्य दियो ।

फिल साल्टलाई डेब्यू खेलाडी शेर मल्लले एक रनमा आउट गरेपछि ब्याटिङमा आएका बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । बेथेल १४औं ओभरमा लोकेश बमबाट क्याच भए ।
शेरले पहिलो बलमै साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराए । जोश बटलरलाई पाँचौ ओभरमा आसिफ शेखले क्याच गरे ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ तथा शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

ऐरी नेपालका लागि टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन ।
नेपालले अब दोस्रो खेल २९ माघमा इटालीसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us