कलाकार सुनिल थापाको निधन

काठमाण्डु टुडे २०८२ माघ २४ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, २४ माघ– कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल पुर्याइएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।‘अस्पतालमा ल्याउँदा नै अनकन्सिएस अवस्थामा हुनुहुन्थ्यो ।

कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिहाले थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us