धनुषामा सडक छेउमा भेटियो युवतीको शव

काठमाण्डु टुडे २०८२ माघ २३ गते १८:४९ मा प्रकाशित

काठमाण्डू, २३ माघ– धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव भेटिएको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।

महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिएका छन ।

 आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ । महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us