कार्यकर्तालाई गगनको अनुरोधः नारा नै लगाउने भए अबकी बार सय पारको लगाउनुस्

काठमाण्डु टुडे २०८२ माघ २३ गते १८:२० मा प्रकाशित

काठमाण्डू,२३ माघ– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन नेता कार्यकतालाई अनुरोध गरेका छन ।

आज (शुक्रबार कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो अनुरोध गरेका हुन । उनले अबको सरकार कांग्रेसको मात्र नभनेर सय सिट पार गर्ने गरी मत माग्नुपर्ने पनि बताएका छन । कांग्रेस सभापति थापाले भने, ‘मधेशका जाँदै गर्दा मैले साथीहरूलाई अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् भनेको छु ।’

उनले आगामी निवार्चनबाट कांग्रेसलाई बहुमतमा पुर्‍याउन सकिने जिकिर पनि गरे । ‘त्यहाँ पुर्‍याउने हो यसपालि । मज्जाले जाने हो,’ थापाले भने, ‘सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’ सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्नेमा जोड दिए । ‘मेहनत गर्नुपर्नेछ ।

पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर,’ उनले भने, ‘ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा–वडा, टोल–टोलमा संगठन गर्ने पार्टी हो यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us