प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

काठमाण्डु टुडे २०८२ माघ २३ गते १८:१५ मा प्रकाशित

काठमाण्डू,२३ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वेच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै फुयाल र थापाको इजलासले धरौटीमा छाड्न अस्वीकार गरेको हो । अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us