काठमाण्डू, २३ माघ– नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको गलत रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन ।
उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिएका छन । नेता सापकोटाले भने,‘आज एउटा भाष्य के बनाइँदैछ भने सबै पार्टीहरू र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिँदैछ । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ ।
सबै उस्तै हुँदैनन् र होइनौं ।’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेकासापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने पनि बताएका छन । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरू एउटै नभएको पनि उनले बताएका छन ।
‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौं,’ उनले भने, ‘कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् रु यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन ।’