बैतडी बस दुर्घटनाः मृतक परिवारलाई १/१ लाख राहत दिने निर्णय

काठमाण्डु टुडे २०८२ माघ २३ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, २३ माघ– सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई एकरएक लाख रुपैयाँ राहत दिने भएको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एकरएक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिएका छन ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ । बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us