काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) आफ्नो गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।
ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेको ओली निकट उच्च स्रोतले जानकारी दिएको छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।