काठमाण्डू, २२ माघ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।
भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिएका छन । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।