सक्दै नसकिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

काठमाण्डु टुडे २०८२ माघ २० गते १६:५३ मा प्रकाशित

काठमाण्डू, २० माघ– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन हिमाली जिल्लामा दोस्रो चरणमा हुनसक्ने बताएकी छन ।

आज (मंगलबार) पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएकी हुन ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हिमालका जिल्लामा गाडी आउजाउ गर्ने ठाउँमा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले काम गरिरहेको छ, अत्यधिक चिसोले सक्दैनसक्ने अवस्था आइहाल्यो भने त दोस्रो चरणमा भए पनि चुनाव हुन्छ ।’

सरकारको ध्यान निर्वाचन सम्पन्न गर्नुबाहेक अन्य नरहेको पनि उनले स्पष्ट पारिन् । यो निर्वाचन स्थायित्व र शान्ति कायम गर्न कोसेढुंगा सावित हुने पनि प्रधानमन्त्री कार्कीले बताइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us