नेकपासँग तालमेलबारे पृथ्वीसुब्बाः गीत गाइरहने कुरा हो, म सम्भव देख्दिनँ

काठमाण्डु टुडे २०८२ माघ २० गते १६:४३ मा प्रकाशित

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी सँग तालमेलको सम्भावना नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन ।

उनले २३ र २४ भदौको घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने पनि बताएका छन । एमाले उपाध्यक्ष गुरुङले भने, ‘तालमेलको गीत गाइरहने कुरा हो।

तर अहिले तत्काल यसो तालमेलको भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ । फेरि पनि राजनीति भनेको चाहिँ असम्भव–सम्भवको खेल पनि हो हैन । दुई चार दिनभित्र सबै कुरा परिस्थिति निर्माण भएर नेकपा र नेकपा एमाले बीचमा तालमेल हुन्छ कि भन्ने तपाईंको आशंका छ ।

यो हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय पनि होइन राजनीतिमा । तर आजको दिनमा चाहिँ हामीले हेर्दा खेरि के देखिन्छ भन्दा खेरि हामी भदौ २३ र २४ गतेको जुन बिस्फोट भयो ।

त्यसबाट जुन परिवर्तन आयो । त्यसलाई प्रतिगमन भन्छौं प्रतिक्रान्ति भन्छौं । आजसम्म नेकपाले त्यसलाई प्रतिक्रान्ति भनेको छैन । प्रतिगमन भनेको छैन । क्रान्तिकारी काम भयो भनेको छ ।

लोकतान्त्रिक चाहिँ अभ्यास भयो भनेको छ । त्यसकारण उहाँहरूको अहिलेको डिपार्चर र पोलिसको डिपार्चर र हाम्रो डिपार्चर चाहिँ उत्तर-दक्षिणमा छ । एन्टी करेन्ट गइराख्या छ । एन्टी डिक्लेसन गइराख्या देखिन्छ । त्यसकारण त्यो हिसाबले गर्दा खेरि मैले सम्भावना धेरै देख्दिनँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us