बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

काठमाण्डु टुडे २०८२ माघ २० गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २० माघ– काठमाण्डू महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुल्ला गरीएको छ ।

आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको उनले जानकारी दिए ।

सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो । बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए । महानगरको कार्यालयको पार्किङ एरियामा रहेको उक्त लिफ्टको छेउछाउ पनि कोही पुग्न पाउँदैन थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us