काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले लमजुङबाट आफूले चुनाव जितेर आउने बताएका छन ।
आज (मंगलबार) प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे । ‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने,‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्,ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।’
एमालेका उपाध्यक्ष समेत रहेका गुरुङले आफू जितेपनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको घोषणा गरेका छन ।